जेलमा रहेका अफताव आलमको छोरा राजपुर मेयरमा विजयी


रौतहट । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा विजयी भएका छन् ।

रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन् ।

बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १५:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ