बरियारपट्टी गाउँपालिका अध्यक्षमा पुन: सन्तोष महतो विजयी, उपाध्यक्षमा ममता कुमारी


लहान । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपालवाट सन्तोष कुमार महतो पुनः निर्वाचित भएका छन् । उनी ३ सय १० मत अन्तरले विजयी भएका छन् ।

निर्वाचन कार्यालय बरियारपट्टीले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा महतोले ३ हजार ८४४ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र प्रसाद यादवले ३ हजार ५३४ मत पाएका छन् । माओवादी केन्द्र अजय कुमार यादवले २ हजार ४७३ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसबाट ममता कुमारी यादव ५१२ मत अन्तरले निर्वाचित भएकी छिन् । उनले ३ हजार ९९७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी सिया कुमारी यादवले ३ हजार ४८५ मत पाएकी छिन् । माओवादी केन्द्रका सुनैना कुमारी यादवले २ हजार ३२४ मत पाएकी छिन् ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४, ५ मा कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रवाट वडा अध्यक्ष विजयी भएका छन् । २०७४ को चुनावमा जसपाले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ