कांग्रेस धनुषा सभापतिलाई हराउँदै क्षिरेश्वरनाथको मेयर बने एमालेका यादव


जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई हराएर क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् ।

निवर्तमान मेयर समेत रहेका पजियारलाई ६१३ भोटको मतान्तरले एमालेका यादव मेयरमा विजयी भएका हुन् । यादवले ७ हजार ९१३ मत ल्याउँदा पजियारले मात्र ७ हजार ३ सय मत पाए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रचना श्रेष्ठ विजयी भएकी छन् । उनी ७ हजार ५५० मत ल्याउँदा निकटम प्रतिस्पर्धी एमालेकी सालिनी चौधरी ७ हजार ५११ मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ