Breaking- फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।

यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ