चुनावी खर्च माइतबाट नल्याएको भन्दै वुहारीमाथि कुटपिट


दिनेश्वर गुप्ता, लहान । चुनावमा भएको खर्च माईतीबाट ल्याउँन धनगढीमाई ३ का वडाध्यक्षका प्रत्यासी देवन साहले आफ्ना बुहारीलाई कुटपिट गरेको आरोप छ ।

लहान १० हरिनगरा माइती भएकीे रिता साहले लहान अस्पतालमा उपचार गराउँने क्रममा यस्तो आरोप लगाएका छन् । २०७८ माघ २७ गते धनगढीमाई ३ कुर्वा हनुमानगर बस्ने देवन साहका छोरा मनिष साहसँग विवाह भएको हो ।

रिता साहले ‘विहा भएको दूईचार दिनपछि दहेजको कुरा उठाएर कुटपिट गर्ने । पति देवर ससुराले पटक पटक पैसाको कुरा उठाएर कुटपिट गर्दै आए ।

चुनावको खर्च बाउसँग लिएर आउनु नभए मारिदिन्छु ।’‘कुटपिट गर्छन् । घरबाट निस्किजा, अर्को विवाह गर्छु ।’ पटक पटक रितालाई कुटपिट गर्दै आएको छ ।

जेठ ७ गते राती पति मनिष साह, देवर ओमशंकर साह, ससुरा देवन साहलगायत परिवारका सदस्यहरुले रितालाई मरनासन कुटपिट गरि घाईते बनाएको छ ।

पीडित रितालाई उपचारको लागि माईतीपक्षले लहान अस्पतालमा भर्ना गरिएको छ । न्यायको लागि पीडितपक्षले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ