Breaking- विजय जुलुसमा झडप : प्रहरीसहित १४ जना घाइते, बच्चा बेहोस


वीरगञ्ज । बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षकसहित १४ जना घाइते भएका छन् ।

महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जुलुसमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाइते भएका छन् ।

जिल्ला अदालत चितवन दरबन्दी भई हाल उनी विपद व्यावस्थापन पर्सामा कार्यरत छन् । प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ इनर्वा टोलमा पुगेको थियो ।

जुलुसमा सहभागीले अपशब्द प्रयोग गरेको भन्दै स्थानीय आक्रोशमा आएका थिए । सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो ।

प्र.स.नि.साह समेत घाइते भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउ ण्ड अश्रुग्याँस प्रहा र गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ