लहानका मेयर चौधरीले गरे पदभार ग्रहण, आफ्नो सुविधाबाट दलितलाई राहत बाँड्ने


लहान । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश चौधरीले आज पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मेयर चौधरीले दलितका लागि प्रसंसनीय निर्णय गरे । उनले आफ्नो तलब सुविधाबाट दलित बस्तिमा हरेक महिना राहत बाँड्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘यहांका दलित समुदाय धेरै समस्यामा छन् । त्यसैले हरेक महिना २२ गते उनीहरुको प्रतिपरिवारलाई १० किलो चामल, १ पोका खाने तेल र १ किलो नुन बितरण गर्छौं ।’

जसपा र नेकपा माओवादी केन्द्रको सहयोगमा कांग्रेसका चौधरी निवर्तमान मेयर एमालेका मुनी साहलाई हराउदै मेयर बनेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ९, सोमबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ