नीति तथा कार्यक्रम : २ वर्षभित्र भूमिहीनहरुको समस्या समाधान गरिने


काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या आगामी दुई वर्षमा समाधान गर्ने योजना अघि सारेको छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तकमैया, कमलरी, हरुवा चरुवाको पुनस्स्थापनाका लागि उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् ।

यस्तै राष्ट्रिय निकुञ्ज क्षेत्रका विपन्न तथा असहायका लागि लक्षित कार्यक्रम सञ्चालनमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

– ग्रामीण पर्यटन तथा होमस्टेलाई प्रवद्र्धन गरिनेछ ।
– पर्यटन क्षेत्रमा रोजगारी वृद्धि गरिनेछ ।
– ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेकको निर्माण गरिनेछ ।
– लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरिनेछ ।
– आधारभूत जीवन रक्षक औषधि, अक्सिजनलगायत उत्पादनलाई प्रोत्सान गरिनेछ ।
– हराएका पुरातात्विक सम्पदा फिर्ता ल्याउन पहल गरिनेछ ।

– नागरिक उड्डयन क्षेत्रमा नवीन तथा उच्चतम प्रविधि प्रयोग गरेर नयाँ मुलुकमा हवाई सेवा विस्तार गरिनेछ ।
– वैज्ञानिक आधारमा जिल्ला पुनरावलोक गरी हिमाली र पहाडी जिल्लामा नुन ढुवानी कार्यलाई प्रभावकारी बनाइने छ ।
– भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने छ ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ