मधेश सरकारले असार १ मा बजेट ल्याउने


जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट १ असारमा ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले १९ जेठको दिउँसो १ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको जानकारी दिए । बैठकमा प्रिबजेट छलफल हुने उनले बताए ।

२३ जेठमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ । बजेटमा कृषि, वन, पर्यटन, उद्योग लगायत अन्य विषयलाई प्राथमिकता राखिएको उनले जानकारी दिए ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ