पूर्व-पश्चिम राजमार्गलाई ५ वर्षभित्र ५ लेनको बनाउने घोषणा


काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र ५ लेनको बनाउने भएको छ ।

एसियन हाइवेका रूपमा विकास गर्ने लक्ष्य अनुसार पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र ५ लेनको बनाइने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्दै जानकारी गराएकी हुन् ।

उनले त्यसका लागि बुटवल, नारायणगढ र कञ्चनपुर र नारायणगढदेखि काँकडभिट्टासम्मको खण्ड सुरु गरिने बताएकी छन् । यस्तै सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

उनले काठमाडौँ उपत्यकाभित्र पहिचान गरिएका स्थानलाई नयाँ शहरका रूपमा विकास गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको राष्ट्रपति भण्डारीले बताएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ १०, मंगलवार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ