दोस्रो पटक मेयर बनेकी रेणुको पहिलो निर्णय- सरकारी अस्पतालमा जन्मिने छोरीको जीवन बीमा


चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् ।

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ११, बुधबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ