दैलेखमा बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो


दैलेख । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

उनले भने, ‘सुर्खेतबाट आउँदै गरेको बस दुर्घटना भएको छ । ४ जनाको शव भेटिएको छ ।’

निवर्तमान मेयर उपाध्यायका अनुसार बस यात्रुले खचाखच भरिएका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

घटनास्थलमा पुगेका सशस्त्र प्रहरीका इन्स्पेक्टर बालकृष्ण श्रेष्ठले अँध्यारो भएकोले उद्धार कार्य कठिनाइ भएको छ । उनका अनुसार बसमा झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ ।

३४ जना आठबीसकै मेडिकलमा उपचार भइरहेको र २३ जना सुर्खेतको प्रदेश अस्पतालमा रिफर गरिएको छ ।

बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस बुधबार राति ८ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १२, बिहीबार ०६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ