ओलीको आरोप- चुनाव शान्तिपूर्ण भएन, यस्तो पञ्चायतमा पनि हुँदैनथ्यो


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव शान्तिपूर्ण नभएको निष्कर्ष सुनाएका छन् ।

उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्यसंयन्त्र दुरुपयोग गरिएको बताए ।

नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा सुरू छलफलमा बोल्दै ओलीले निर्वाचनको दिन आफूलाई पर्याप्त सूचना नआएकाले आमरूपमा शान्तिपूर्ण नभएको प्रतिक्रिया दिएको बताए ।

‘मैले शान्तिपूर्ण भयो होला भन्ने ठानेको थिएँ । दुर्गम र दुरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए,’ ओलीले भने ।

प्रकाशित : २०७९ जेष्ठ १२, बिहीबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ