धनुषाको गाउँगाउँमा मैले सडक बनाएको छुः विमलेन्द्र निधि


जनकपुरधाम । कांग्रेस नेता विमलेन्द्र निधिले दलिय भावनाभन्दा माथि उठेर विकास निर्माणको कामलाई अगाडि बढाउन नवनिर्वाचित जनप्रतिनिधिहरुसँग आग्रह गरेका छन् ।

उनले जनकपुरधामको विकासका लागि विभिन्न समयमा भएको सम्झौता तथा प्रयासहरुलाई दलभन्दा माथि उठेर त्यस यात्राहरुलाई दलभन्दा माथि उठेर अगाडि बढाउन नवनिर्वाचित पदाधिकारीहरुसँग आग्रह गरे ।

नेता निधिले ढल्केवर–जनकपुरधाम–जटही सडक खण्ड, जनकपुरधाम–जलेश्वर–भिट्टामोड सडक खण्डलगायत अन्य विभन्न जिल्लामा आफू भौतिक पूर्वाधार विकास मन्त्री हुँदा आफूले निर्णय गरेको बनाएको बताए ।

उनले भने, ‘धनुषाको गाउँगाउँमा सडक देख्नुहुन्छ, त्यो मैले नै बनाएको छु । जनकपुरधाममा एडिबी बाहेक बनाइएको अन्य सडकहरु पनि मैले नै बनाएको छु । रेकर्ड हेर्नुस् ।’

नेता निधिले सहरभित्र बनाइएको सम्पूर्र्ण सडक आफूले नै बनाएको र त्यसको रेकर्ड समेत रहेको उनकाे भनाइ छ । उनले भने, ‘कनेक्टिभिटीका लागि सडक यातायात, रेल यातायात र हवाई यातायात महत्वपूर्ण हुन्छ । यो सबैको मजबुत पूर्वाधार बनिसकेको छ । अब यसलाई अझै अगाडि बढाउने प्रयास गर्नुस् ।’

उनले जनकपुरधाम बढिरहेकाले नगरमा आउटररिंग रोड बनाउन नवनिर्वाचित पदाधिकारीहरुलाई सुझाव दिए ।जनकपुरधामलाई भारतको कोलकाता, अयोध्यासँग जोड्न सकिए धार्मिक, सांंस्कृति, व्यापारीक कारोबारमा वृद्धि हुने भन्दै उनले आफू नितिन गडकरीसँग यस सम्बन्धमा कुरा पनि गरेको बताए ।

उनले कोलकाता र अयोध्यालाई जोडन सकिए धार्मिक, सांस्कृति, पर्यटकीय, व्यापारीक दृष्टिकोणले महत्वपुर्ण रहेको र यसका लागि नवनिर्वाचित पदाधिकारीलाई ध्यान दिनुपर्ने बताए । उपमहानगरपालिकाको कार्यालय परिसर भित्र आयोजना गरिएको शपथ ग्रहण कार्यक्रमलाई भने नेकपा एमालेले बहिस्कार गरेको थियो ।

नेपाली कांग्रेसका नेतालाई प्रमुख अतिथि बनाएपछि उनीहरु शपथग्रहण कार्यक्रममा अनुपस्थित थिए । मेयर मनोज साहले उपस्थित रहेका उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । देशसंचार

प्रकाशित : २०७९ जेष्ठ १२, बिहीबार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ