दारु र बियरको मूल्य बढ्यो, हेर्नुस् डिटेल


काठमाडौं । सरकारले बियरको मूल्य बढाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएका छन् ।

यसअघि प्रतिलिटर १९८ रुपैयाँ लाग्दै आएको अन्तशुल्कमा ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ । साथै, इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ ।

अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ । अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँलाई ३० रुपैयाँ बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ । सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ ।

साथै अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रुपैयाँमा १० रुपैयाँले बढाएर ८० रुपैयाँ कायम गरिएको छ । साथै, वाइनमा पनि प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

ह्विस्कीमा ४८.५ प्रतिशतसम्म अल्को”हल भएको मदि”रामा प्रतिलिटरमा १ हजार ५९२ रुपैयाँबाट १ हजार ७५० रुपैयाँ बनाएको छ । साथै, ४२.८ प्रतिशत अल्को”हल भएको हकमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ बनाइएको छ ।

३९.९४ प्रतिशत अल्कोहल भएको मदि”रामा १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ । अन्य मदि”राको हकमा १ हजार ५९२ रुपैयाँ भएकोमा १ हजार ७५० रुपैयाँ बनाइएको छ ।

ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १९८ रुपैयाँलाई बढाएर २२८ रुपैयाँ बनाइएको छ । ४.२३ प्रतिशत अल्को”हल भएको मदि”रामा प्रतिलिटर ५५५ रुपैयाँ रहेकोमा अब ६१० रुपैयाँ बनाइएको छ । २८.५३ प्रतिशत अल्को”हल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ बनाइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १५, आईतवार २२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ