सम्पर्क विहिन जहाज दुर्घटनाग्रस्त अबस्थामा भेटियो, २२ जनाको मृत्यू !


काठमाडौं । तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङमा आज विहान भेटिएको नेपाली सेनाले पुष्टि गरेको छ ।

विमानमा सबै यात्रुको मृत्यु भएको यार्सागुम्बा टिप्न गएकाहरुले सेनालाई जानकारी गराएका छन् । तर, अधिकारीहरुले औपचारिक पुष्टि गर्न बाँकी छ ।

सेनाका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमान दुक्राटुक्रा भएको अवस्थामा फेला परेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको बताइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले घटनास्थलमा हेलिकप्टर पनि पुग्ने प्रयासमा रहेको लोकान्तरलाई जानकारी दिए ।

‘विमान लोकेट भएर केही टोली पुगिसकेको छ । हेलिकप्टर पनि पुग्ने प्रयासमा छ’, उनले भने, ‘विमान टुक्राटुक्रा भएको जानकारी आएको छ । थप जानकारी आउने क्रममा छ ।’

आइतबार विमान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ