बजेट प्रभाव : हेर्नुहोस् कुन मोटरसाइकलको कति मूल्य बढ्यो


सरकारले २०० सीसी भन्दामाथिका मोटरसाइकलमा भारी दरमा कर बढाएको छ । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा धेरै करको दर नचालएको सरकारले सरकारले त्यसभन्दा माथि ब्यापक हेरफेर गरेको छ ।

सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क २० प्रतिशतले बढाएको छ । यो रेन्जमा यसअघि ६० प्रतिशत रहेको अन्तशुल्क ८० प्रतिशत बनाइएको छ ।

यो समूहका बाइकमा यसअघि ३० प्रतिशत लाग्दै आएको भन्सार दर १० प्रतिशतले बढाएर ४० प्रतिशत बनाइएको छ । यसले नेपालमा ठूलो दरमा बिकिरहेको २२० सीसीमा बाइकहरुको मूल्य उच्च दरमा बढ्ने भएको छ ।

यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्ने गरेको थियो । २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा ७० प्रतिशत पुर्याएको छ । अन्तःशुल्क ८० प्रतिशत कायम पुगेको छ ।

५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ । सरकारले १२५ देखि २०० सीसीम्मका मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क घटाएको छ ।

यसअघि ५० प्रतिशत रहेको अन्तःशुल्क ४० प्रतिशत झारिएको छ । यसले तल्लो रेन्जका बाइकको मूल्य भने न्युन दरमा घट्न सक्ने देखिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ