काठमाडौंका नवनिर्वाचित मेयर वालेन्द्र साहले दुई भाषामा लिए शपथ


काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा निर्वाचित वालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंको मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन् ।

खतिवडाले नेपालीमा शपथ ग्रहण गराएपछि बालेनले नेपालभाषामा पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रममा बालेनकी श्रीमती सबिना काफ्ले उपस्थित थिइन् ।

स्वतन्त्र उम्मेदवारी दिएका बालेनले दलहरुको हेभिवेट उम्मेवारहरुलाई पराजित गर्दै महानगर प्रमुखमा जित निकालेका हुन् । उनले सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ