मधेस : मेलामा नक्कली हजारी नोट साट्न खोज्ने यी दुई यूवक पक्राउ


टुडेखोज, जनकपुरधाम । नक्कली नोट साट्न खोज्ने दुई यूवकलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका ८ का १९ वर्षीय राजाबाबु साह तेली र पर्साकै पटेर्वासुगौली गाउपालिका घर भई बहुदरमाई नगरपालिका ८ बस्दै आएका २० वर्षीय अजय सहनी छन् ।

जगरनाथपुर गाउँपालिका ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्ने क्रममा साह र सहनी पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट नेपाली नक्कली नोट रु १००० दरका २९ थान बरामद भएको छ । दुबै जनालाई ईलाका प्रहरी कार्यालय पोखरियामा लगि आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ