जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा जनप्रिय निर्णय गरेका छ्न् ।
सोमबार नवनिर्वाचित अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणलगत्तै गाउपालिकाभर वाईफाई फ्रि गर्ने निर्णय गरेका छ्न् ।
यस्तै एक विघाभन्दा कम जग्गा रहेका किसानलाई गाउँपालिकाले नि:शुल्क कृषि मिटर वितरण गर्ने निर्णय समेत गरेको अध्यक्ष यादवले जानकारी दिए ।
यस्तै गरिब, दलित र अल्पसंख्यक जनतालाई स्वास्थ्यमा समस्या भएपछि अस्पतालसम्म पुर्याउनका लागि गाउँपालिकाका एम्बुलेन्स नि:शुल्क दिने निर्णय पनि गरेको उनको भनाई छ ।