जनकपुर: वडा सदस्यमा जितेका विराजी पक्राउ


जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका एक जना वडा सदस्यलाई पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा हालै निर्वाचित राकेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बिराजीलाई पक्रेर अन्य अनुसन्धान भइरहेको छ । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ