४० हजारको जागिर छाडेर वडा सदस्य बनेकी आरती


काठमाडौं । २२ वर्षीया आरती सुनार । उनी हुन् काठमाडौं महानगरको वडा नम्बर ५ की दलित महिला सदस्य । नेकपा एमालेबाट दलित सदस्य कोटाबाट चुनाव जितेकी छन् ।

एमालेबाट टिकट पाएकी आरती १ हजार ५ सय ८८ मत प्राप्‍त गरी विजयी भएकी हुन् । उनी शंकरदेव क्याम्पसमा स्नातक तहमा तेस्रो वर्षमा अध्ययनरत छिन् । सानैदेखि राजनीतिमा रूचि राख्‍ने सुनार कलेजदेखि नै राजनीतिक तथा सामाजिक काममा सक्रिय थिइन् ।

निर्वाचनको मिति सार्वजनिक भएसँगै परिवर्तन चाहने युवा भएकाले उनले आफ्नो उम्मेदवारी दर्ता गराइन् । आइटी कम्पनीमा करिब डेढ वर्ष काम गरेकी उनी वडा सदस्य हुनुअघि मासिक ४० हजार तलबमा काम गर्थिन् ।

आईटीको काम छोड्नुको कारण सुनाउँदै भन्छिन्, ‘आईटीमा सिकेको काम वडा सदस्य भएर वडामा लागू गराउन चाहन्छु ।’ डिजिटल मार्केटिङको पनि उनले कोर्स पूरा गरेकी छन् ।

‘कति कामको अनुभव बटुल्न सकिन्छ त्यस अनुसार अन्य पदमा उठ्न सकिन्छ,’ उनले हाँस्दै सुनाइन्, ‘वडामा काम गर्ने शैली बुझेपछि माथिल्लो पदमा जान सक्छु होला ।’

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ