मिरुना प्रकरणः सडकमा सुरु भयो बबाल, तामाङलाई छुटाउन दबाब


काठमाडौं । आफूलाई ‘नियतवश छोएको’ भन्दै ‘कबड्डी ४: द फाइनल म्याच’ हेर्न आएका दर्शकलाई झापड हानेर प्रहरीको जिम्मा लगाएकी फिल्मकी अभिनेत्री मिरुना मगरको उल्टै आलोचना भएको छ ।

सामाजिक सञ्जालदेखि सडकमा पनि मिरुनाले ‘निर्दोष’लाई आरोप लगाएको भन्दै उनको विरोध भएको छ । मंगलबार बिहान मात्रै चाबहिलस्थित केएल टावरमा दर्शकले फिल्मको पोस्टर च्यात्ने तथा जलाउनेदेखि फिल्मको प्रदर्शन बन्द गर्न दबाब दिँदै नाराबाजी समेत गरेका छन् ।

आइतबार सिभिल मलमा फिल्म हेरेर निस्किने क्रममा ‘कबड्डी ४स् द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई ‘छोएको’ आरोपमा फुर्वा तामाङ पक्राउ परेका थिए । आफूले नियतवस नछोएको भन्दै माफी समेत मागेका फुर्वालाई प्रहरी बोलाएर पक्राउ गराएको भन्दै मिरुनाको विरोध भएको छ ।

हाल सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया र केही ठाउँमा फिल्मको पोस्टर जलाउने र आन्दोलन गर्ने सम्मका काम भइरहेका छन् । आइतबार फिल्म हेरेर फर्किने क्रममा तामाङले अभिनेत्री मिरुना मगरलाई ‘छोए’पछि उनले तामाङलाई झापड हानेकी थिइन् ।

तामाङले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त घट्नापछि सामाजिक सञ्जालदेखि सडकमा पनि यो मुद्दा तातेको छ ।

तामाङले आफूले नियतशव नभइ झुक्किएर छोएको र सबैको सामुन्ने माफी समेत मागेको बताइएको छ। तर, ‘अन्जान’मा गल्ती गरिएको व्यक्तिलाई प्रहरी हिरासतमा राखिएको भन्दै सामाजिक सञ्जालदेखि सडकमा पनि ‘कबड्डी–४’को विरोध भइरहेको छ । तामाङलाई बिना कुनै सजाय छाड्नुपर्ने प्रदर्शनमा उत्रिएकाहरुको माग छ ।

मंगलबार बिहानमात्रै चाबहिलस्थित के एल टावरमा फिल्मको विरोध गर्दै नाराबाजी भएको थियो । मिरुनाविरुद्ध दर्शकले नारा जुलुस गर्ने र फिल्मको पोसटर च्यात्ने तथा जलाउने काम गरेका थिए । सँगै फिलम रोक्न पनि दबाब दिइरहेका थिए ।

यता फिल्मको निर्माण पक्षले भने फिल्मको व्यापार र प्रदर्शनमा असर पर्ने भएकाले बुद्धिस्ट संघसंस्थासँग वार्ता गरिरहेको बताइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ