चुनावमा कार्यकर्तालाई पैसा बाँड्ने गरी बजेट ल्याइयो : अनिल झा


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले सरकारले आगामी निर्वाचनमा कार्यकर्ता व्यवस्थापन गर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए । ‘यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई इन्गेज गर्न र पैसा बाँड्न बनाइएको बजेट हो’, उनले भने ।

झाले बजेटमा कुनै नयाँ कार्यक्रम नभएको भन्दै बजेट ल्याउने परम्पराले निरन्तरता पाएको बताए । ‘देश भएपछि एउटा संसद हुनुपर्ने, सरकार हुनुपर्ने र प्रत्येक वर्ष एउटा बजेट ल्याउनुपर्ने विश्वव्यापी परम्परा र मान्यतालाई अनुसरण गर्दै यसपटकको बजेट पनि ल्याइएको हो’, उनले भने ।

बजेटले नदीजन्य समस्या समाधान र प्राकृतिक विपत्ति न्यूनीकरणको गम्भीर सवाललाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

पशु बीमा र कृषि बीमा कार्यक्रम २० प्रतिशत पनि लागू हुन नसकेको भन्दै झाले बजेटमा लेखिएका नारा कार्यान्वयन गरेर देखाउन अर्थमन्त्रीलाई चुनौती दिए ।

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ