स्थानीय निर्वाचनबारे लोसपाले भन्यो- धाँधली र राज्यशक्तिको दुरुपयोग भयो


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ हुन नसकेको आरोप लगाएका छन् ।

लोसपाले आगामी दिनमा निर्वाचनमा हुनसक्ने धाँधली र अलोकतान्त्रिक गतिविधिप्रति सजग हुनुपर्ने भन्दै सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गराएका छन् ।

‘स्थानीय तह निर्वाचनमा नेपाल सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरूमा सत्ता गठबन्धनका घटक दलहरूले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको स्पष्ट छ,’ लोसपाको विज्ञप्तिमा भनिएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा लोसपाले १६ स्थानीय तहका प्रमुख/अध्यक्ष जितेको थियो ।

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ