कतारमा प्रचण्ड गर्मी : मजदुरलाई खुल्ला क्षेत्रमा काम गर्न रोक लगाइयो


काठमाडौं । कतारमा तापक्रम बढेपछि श्रमिकलाई खुला क्षेत्रमा काम गर्न रोक लगाइएको छ ।

कतारको श्रम मन्त्रालयले आज अर्थात् जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको हो ।

दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा श्रमिकलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो ।

कुनै कम्पनीले सरकारको यो निर्णय नमानी आफूलाई काम लगाएको कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिन्छ ।

अथवा बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम लगाएमा कतारमा रहेको नेपाली दूतावासमा पनि आफ्नो समस्या भन्न सक्नुहुन्छ ।

प्रकाशित : २०७९ जेष्ठ १८, बुधबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ