Breaking- प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव मंसिरको पहिलो साता गर्ने !


काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी कात्तिक अन्तिम साता वा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने प्रस्ताव आएको तर, यस विषयमा दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँग परामर्श लिने तयारी गरिएको छ ।

आयोगसँग परामर्श गरेपछि सरकारले दुवै तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । चुनाव एकै वा दुई चरणमा निर्वाचन गर्ने भन्नेमा गठबन्धनको बैठकमा निर्णय भएको छैन । बैठकमा दुवै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव आएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १८, बुधबार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ