प्रहरीको घेराबाट थुनुवा कैदी हतकडी लिएरै फरार


कैलाली । कैलाली स्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् ।

बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने अवस्थामा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् ।

१४ जेठमा उनी सहित अन्य दुई जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।

प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार ११:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ