गरिव जनता मूल्यवृद्धिको मारमा, तत्काल नियन्त्रण गर्न सरकारसँग माग


काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताईन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले आयातित बस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने बताइन् ।

सचेतक भुसालले भनिन्, ‘मूल्यवृद्धिबारे म नेपालका सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।सबभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु–हिजो १० रुपैयाँ टयाक्स घटाएको जुन निर्णय भएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको छु । त्यसलाई म धन्यवाद पनि दिन चाहन्छु ।’

अन्तराष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महंगीको मारमा नेपाली जनता परेका हुन् । गरिव जनताले यसको मार व्यहोर्नुपर्ने भएकाले यसमा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण हुनुपर्दछ ।

मन्त्रीपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मूल्यवृद्धि अध्ययन समिति जुन बनाएको छ । त्यसको प्रतिवेदन छिटोभन्दा छिटो सार्वजनिक गरेर यसको नियन्त्रणमा गर्न ढिलाई नगर्न सचेतक भुसालले सरकारसँग माग गरिन् ।

उनलेले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराइन् ।

प्रकाशित : २०७९ जेष्ठ २०, शुक्रबार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ