मधेसमा मलको अभाव यसवर्ष पनि उस्तै : उत्पादन घट्ने, चिन्तामा डुबे किसान


जनकपुरधाम । मधेसका जिल्लाहरुमा यसवर्ष पनि रासायनिक मलको अभाव भएको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल आवश्यक परिसक्दा पनि मल नपाएको किसानहरुको गुनासो छ ।

‘गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ’, एक किसानले भने, ‘यस वर्ष पनि समस्या त्यस्तै छ ।’ मल पाउने आशामा किसान दैनिक सहकारी संस्थामा धाउने गरेका छन् ।

मल अभावका कारण समयमै खेतीपाती गर्न नपाएमा उत्पादन घट्ने चिन्ता किसानको छ । किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरु बताउँछन् ।

नेपालमा वार्षिक आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि वार्षिक तीनदेखि चार लाख मेट्रिक टन मात्रै रासायनिक मल आयात हुने भएकाले यस्तो समस्या आउने गरेको हो ।

खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ