महोत्तरीमा बस्दै आएका चौधरी ५० किलो गाँजासहित पक्राउ


जनकपुरधाम । प्रहरीले ५० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय राजेश चौधरी छन् ।

पूर्व पश्चिम लोकमार्गको नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई रोकी चेकजाँच गर्दा ५० किलो ४ सय ग्राम गाँजा बरामद भएपछि अटोचालक चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भारतको बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा १० थाना बेला घर भएका चौधरी हाल महोत्तरीको औरही नगरपालिकामा बस्दै आएका थिए । उनीमाथि प्रहरीले आवश्यक कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ