मेयर बालेनले हप्तामा एक दिन ‘साइकल डे’ मनाउने !


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउन सकिने बताएका छन् ।

उनले पेट्रोलियम पदार्थको बचतसँगै स्वास्थ्यलाई पनि साइकलले फाइदा पुर्याउने भन्दै काठमाडौंमा अध्ययन गरेर काम गर्न सकिने बताएका छन् ।

कांग्रेस र एमाले जस्तो ठूला दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाटै मेयरमा निर्वाचित बालेन यतिबेला चर्चामा छन् । उनी फोहोर व्यबस्थापनलाई प्रमुख मुद्दा बनाएर काम गरिरहेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ