सुखीपुर नगर कार्यपालिका चुनावमा एमाले र काँग्रेसबीच गठबन्धन, हेर्नुस् को-को जिते


सिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस केन्द्रबीचको गठबन्धन विजयी भएको छ ।

शनिवार सुखीपुर व्यपार समितिको भवनमा भएको कार्यपालिकाको चुनावका लागि तीन खुल्ला सदस्य र पाँच निर्वाचित महिला सदस्यहरू गरी ८ पदका लागि चुनाव हुँदा एमाले र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् ।

दुई पार्टी बीचको गठबन्धनबाट खुल्ला सदस्यमा सुकन चमार, देवकुमारी मण्डल (नेकपा एमाले) र नेपाली काँग्रेस केन्द्रबाट ललन सिंह दनुवारले विजयी भएका छन् ।

यस्तै महिला सदस्यमा एमालेबाट रामवती देवी ठाकुर, विमला देवी पासमान तथा नेपाली काँग्रेसबाट अमिना मियानी, फूल कुमारी सुडिन र देव सुनैर देवी पासमान विजयी भएकी छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अलगै अलग चुनावमा भाग लिएको थियो । सुखीपुर नगरपालिकामा अध्यक्ष नेकपा एमालेबाट रामऔतार यादव र उपाध्यक्ष पदमा रेणु देवी साह निर्वाचित भएकी छन् ।

१० वटा वडा रहेको सुखीपुर नगरपालिकामा ५ वडा नेकपा एमाले, दुई वडामा नेपाली कांग्रेस र एक/एक वडामा नेकपा माओवादी, एककिकृत समाजवादी र जसपाले जितेको छ ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ