औरही बजारमा भगवान ईन्द्रको मन्दिर र गेट निर्माण गर्छौं : गाउँपालिका अध्यक्ष यादव


टुडेखोज, सिरहा । सिरहाको औरही गाउँपालिका ५ स्थित औरही बजारमा इन्द्र भगवानको मन्दिर र गेट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

बजार व्यवस्थापन समितिले राखेको बैठकमा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष यादव यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले यो आर्थिक वर्षमा सम्भव नरहेको र अगामी आर्थिक वर्षमा मन्दिर र गेट निर्माण गरिदिने बताए ।

बजार समितिले राखेको बैठकमा अध्यक्ष यादवले बजार क्षेत्रको फोहोर व्यवस्थापन, वृक्षारोपन, सिसि क्यामेरा र लाइट जडान, उचित ठाउँमा जग्गाको व्यवस्थापन गरी गुद्री बजार व्यवस्थित, खानेपानी र शौचालयको समस्या समाधान लगायतका काम तत्कालै गर्ने पनि आश्वासन दिएका छन् ।

उनले औरही बजारलाई शहर बनाउने सोच रहेको र त्यसका लागि कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाए । चालु आर्थिक बर्षमा गर्न नसक्ने कामहरु अगामी आर्थिक वर्षमा गर्ने उनको भनाई छ ।

बजार व्यवस्थापन ने समितिका अध्यक्ष विनय यादव र सचिव महेश यादवको सक्रियतामा बैठक बसेको थियो । उक्त बैठकमा गाउपालिकाकी उपाध्यक्ष रेणु यादव पनि उपस्थित थिइन् ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार १०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ