सांसद चौधरीको प्रश्न- कानून निर्माण गर्दा भावनामा नबगौं, पुरुषको पीडा कसले बोल्ने ?


काठमाडौं । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा एक महिला सांसदले नै यसको विरोध गरेका छन् ।

एमाले सांसद गंगा चौधरी सतगौंवाले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा बोल्दै मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।

चौधरीले भावनामा बगेर कानून बनाउँन नहुने भन्दै आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको समेत उदाहरण दिएकी चौधरीले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने बताइन् ।

चौधरीले भनिन्, ‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यहि सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौं, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो ।’

सांसद चौधरीले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउँने बताइन् ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ