यादव समाजको अपमान गरेको भन्दै पत्रकार किशोर नेपाललाई कारवाही गर्न माग


जनकपुरधाम । किशोर नेपाललाई कारवाही गर्न मधेश प्रदेशका बारा निवासी विनय यादवले माग गरेका छन् । यादवले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलमा निवेदन दिएर नेपाललाई कारवाही गर्न माग गरेका हुन् ।

यादवले दर्ता गराएको निवेदनमा हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात यादव समाजको अपमान गर्ने तवरले पत्रकार नेपालले लेख लेखेकोले कारवाही गरी पाउ उल्लेख छ ।

यादवले पत्रकार नेपालको बाइलाइनमा बालेन साहेबको दाैडधुप शीर्षकमा उकेरा अनलाइनमा प्रकाशित लेखमा यादव समाजको अपमान गरिएको बताए । उनले भने, ’उहाँ यसअघि समेत काठमाडौंको मेयर ‘बालेन्द्र साह’लाई विभिन्न अन्तर्वार्तामा जातीसुचक शब्द प्रयोग गरी अपमान गर्नुभएको छ।’

तसर्थ, पत्रकार नेपाल र उकेरा अनलाइनले पत्रकारिताको न्युनतम मर्यादाको समेत ख्याल नगरी विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न यादवले आग्रह गरे ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १५:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ