सुनको भाउ घट्यो


काठमान्डौ, ३ कार्तिक। साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले घटेको छ ।

गत शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य दुई सयले घटेर आज प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला रु.८५० रुपैंयामा कारोबार भइरहेको छ ।

प्रकाशित : २०७६ कार्तिक ३, आईतवार ०६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ