अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत : तीन दिनमा ४० करोड


अक्षय कुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ ।

पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको फिल्मले रिलिजको तेस्रो दिन १६.१० करोड कमाइ गरेको छ ।

ओपनिङको दिन शुक्रबार १०.७० करोड कमाएको फिल्मले शनिबार १२.६० करोड कलेक्सन गरेको छ ।यसअनुसार भारतका ३ हजार ७५० पर्दामा रिलिज भएको ‘सम्राट पृथ्वीराज’ले तीन दिनमा ३९.४० करोड कमाइ गरेको छ ।

विश्वव्यापी रुपमा भने फिल्मले ६० करोड भारुभन्दा बढी कमाइ गरेको छ । पहिलो सप्ताहन्तमा यो फिल्मले कार्तिक आर्यनको ‘भूल भुलैया २’को कमाइलाई भने उछिन्न सकेको छैन ।

‘भूल भुलैया २’ले पहिलो सप्ताहन्त ५५.९६ करोड कमाएको थियो । गत शुक्रबार एकसाथ रिलिज भएको साउथ सुपरस्टार कमल हसन अभिनित ‘विक्रम’ले भने तीन दिनमा १०० करोड बढी कमाइ गरेको छ भने अर्को दक्षिण भारतीय फिल्म ‘मेजर’को कमाइ भने २५ करोड छ ।

विश्वव्यापी रुपमा ‘विक्रम’ले १५०.४३ करोड भारु कमाइ गर्दा ‘मेजर’ले ३८.४ करोड कलेक्सन गरेको छ ।चन्द्रप्रकाश द्विवेदी निर्देशित फिल्म ‘सम्राट पृथ्वीराज’मा अक्षयकुमार पृथ्वीराज चौहानको भूमिका छन् ।

फिल्ममा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त, सोनु सूद र साक्षी तन्वरको पनि अभिनय रहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ