कसलाई मन्त्री बनाउने भन्ने पार्टीले निर्णय गर्छ, धर्तीका अरू तागतले केही गर्न सक्दैन : खनाल


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वसहमति अनुसार नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागेको बताएका छन् ।

आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरू कुनै तागतले केही गर्न नसक्ने बताए ।

नेता खनालले ६ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषदमा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे ।

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ