नेपाल प्रहरीमा प्राविधिक बाहेक पहिलो पटक महिला एआइजी बनिन् पूजा सिंह


काठमाडौं । बढुवा समितिले सिफारिस गरेको १० दिनपछि सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । योपटक बढुवामा एक जना महिला समेत अटाएकी छिन् ।

उनी प्राविधिक बाहेक पहिलो महिला एआइजी हुन् । प्रहरीको इतिहासमा पहिलो महिला एआइजी बनेकी हुन् पूजा सिंह । सिंह नेपाल प्रहरीमा प्रशासन समूह तर्फबाट पहिलो महिला एआइजी बनेकी हुन् । ६ दशकभन्दा लामो इतिहासमा प्राविधिक बाहेक प्रहरी निरीक्षकबाट भर्ना भएका कुनै पनि महिला उक्त पदमा पुगेका छैनन् ।

डिआइजी पार्वती थापा पहिलो एआइजी बन्ने लाइनमा पुगेकी थिइन् तर सरकारले उनको बढुवा रोकेको थियो । उनीभन्दा कनिष्ठलाई बढुवा गरेपछि उनी अदालतसम्म पुगेकी थिइन् । तर, अदालतबाट उनले चाहेको जस्तो आदेश भएन । त्यसपछि उनले अवकाश पाइन् र राजनीतिक दलतिर जोडिइन् ।

प्रहरीको ६५ वर्षे इतिहासमा अहिलेसम्म डिआइजीमा पार्वती थापा र विमला थापामात्र पुगेका छन् । त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिक बाहेक महिला डिआइजी भएनन्। गत पुसमा सिंह डिआइजी भएकी थिइन् ।

सिंहलाई पुस २३ गतेको बढुवा समितिले डिआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी अहिले वाग्मती प्रदेश प्रहरी प्रमुख छिन् । अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४६३ रहेको छ। जसमा महिलाको सङ्ख्या ८ हजार ३३४ छ ।

३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठनमा भने मुस्किलले ११ प्रतिशतमात्र छ। प्राविधिक तर्फका विभागमा अहिले पनि महिलाको नेतृत्व देखिन्छ । नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० हुन्, डाक्टर दुर्गा थापा ।

सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीस वर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन् । अहिले डाक्टर आशा सिंहले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन् । उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन् । अहिले एसएसपी किरण बज्रचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा आइजी बन्ने लाइनमा छन् ।

उनीहरु २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । उनीहरुले विभिन्न जिल्ला र व्यूरोको कमाण्ड समेत सम्हालिसकेका छन् । प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन् । त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै सङ्ख्या भएको पद जवान नै हो ।

५ हजार ६०० भन्दा बढी महिला प्रहरी जवान छन् । जबकि कूल पुरुष प्रहरीको सङ्ख्या ३७ हजार ८४९ रहेको छ । नेपाल प्रहरीभित्र ६० भन्दा बढी एसएसपी रहेका छन् । जसमा महिला एसएसपीको सङ्ख्या ७ छ । – पहिलोपोस्ट

प्रकाशित : २०७९ जेष्ठ २३, सोमबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ