काठमाडौंको फोहोर फाल्नमा अवरोध गर्ने १४ जना पक्राउ


काठमाडौं । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् ।

फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ । नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको बताए ।

‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, एसपी शाहले भने ।

सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।

सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार १४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ