मेयर बालेनको काममा अवरोध गर्ने काँग्रेस नेता पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको काममा अवरोध गर्ने नेपाली कांग्रेसका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

फोहोर व्यवस्थापन गर्ने कार्यमा अबरोध सिजना गर्ने ११ जना पक्राउ परे । जसमा कांग्रेसका नेता श्रीराम ढुंगाना पनि रहेको बताइएको छ ।

सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा अबरोध गरिएको थियो ।

प्रहरीले केहीबेरअघि ढुंगानासहितका ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिन नै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा आफूले अबरोध गर्ने घोषणा नै गरेका थिए ।

उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए ।

उनले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गरेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ