काठमाडौमा अवतरण हुनुपर्ने २ वटा जहाज दिल्ली ‘डाइभर्ट’, केहि जहाज आकाशमै घुम्दै !


काठमाडाैं । काठमाडौंमा ठूलो पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ ।

भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा जहाज काठमाण्डौमा अवतरण हुन नसकेपछि दिल्ली नै ‘डाइभर्ट’ भएका छन् ।

विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।

पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ