मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित


जनकपुरधाम । मधेस प्रदेशको आर्थिक वर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

प्रदेशसभामा आज छलफल सकेपछि मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सभामुख सरोजकुमार यादवले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भ एको घोषणा गरे ।

जेठ २२ गते आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त नीति तथा कार्यक्रममा सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप, सरकारी अस्पतालमा गरिबलाई नि:शुल्क उपचार, ल्याब परीक्षणमा ७५ प्रतिशत छुट लगायतका नयाँ योजनाहरु समावेश गरिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ