पोखराबाट काठमाडौंका लागि उडेको जहाज जनकपुर पुग्यो


पोखरा । पोखराबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ ।

मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौँतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौँ पठाइने बताइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार १९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ