Breaking- सामान्य प्रशासन मन्त्री श्रेष्ठमाथि सांसद यादवले गरे हातपात


काठमाडौं । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ ।

जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् । बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए ।

मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए ।

श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् । – रातोपाटी

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ