मेयर बालेनको कमाल : काठमाडौंको फोहोर उठाउन मध्यरातमा भयो १८ बुँदे सहमति


काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ ।

काठमाडौं महानगर र सिसडोल- बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हाे । राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन ।

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

मेयरमा निर्वाचित भएदेखि बालेन साह फोहोर ब्यबस्थापनमा लागिपरेका छन् । उनी रातदिन काम गर्छन् । तर केहि विकास विरोधीले उनलाई असफल बनाउने प्रयास गर्दै आएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार ०६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ