… नगरे अब मन्त्री श्रेष्ठकै कार्यकक्षमा धर्ना बस्ने जसपा सांसद यादवको चेतावनी


जनकपुरधाम । संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठको कार्यकक्षमा धर्ना बस्ने जसपा सांसद रामबाबु यादवले चेतावनी दिएका छन् ।

सांसद यादवले बिहीवार मन्त्री श्रेष्ठको कार्यकक्षमै पुगेर आफ्नो क्षेत्रमा कुनैपनि योजना नपारेको आक्रोश व्यक्त गरेपछि कुटाकुटको स्थिति सृजना भएको थियो । कुटाकुट नै भएको समाचारहरु आएपनि त्यसमा सत्यता नरहेको दावी सांसद यादवले गरे ।

एक टिभी अन्तर्वार्तामा उनले भनेका छन्, ‘टेबल ठोके । पानीको बोतल पनि टेबलमा ठोके । तर कुटाकुट भएको होइन् ।’ उनले आफूले दिएको योजना किन परेन ? दोषी को हो ? यदि ३ गतेसम्म कारबाही भएन भने मन्त्रीकै कार्यकक्षमा धर्ना बस्ने चेतावनी दिए ।

‘माग सम्बोधन नगरे अब मन्त्रीको कार्यकक्षमै धर्ना बस्छु’, सांसद यादवले भने, ‘मन्त्रीलाई पनि बाहिर निस्किन दिदैनौं, माग सम्बोधन नगरेसम्म ।’ श्रेष्ठ जसपाबाटै मन्त्री बनेका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ