चीनबाट आयात गरिएको ५ सय टन युरिया मल नाकामा सड्दै, गल्ती कसको ?


काठमाडौं । निर्धारित समयभन्दा झण्डै ४० दिन ढिलो गरी आयात भएको मल एक महिनादेखि तातोपानी नाकामा अलपत्र परेको छ ।

चीनबाट आयात गरिएको पाँच सय टन (९ हजार ९ सय ७० बोरा) युरिया मल तातोपानीको सुक्खा बन्दरगाहमा अलपत्र परेको हो । लामो समयसम्म बन्दरगाहमा अलपत्र अवस्थामै रहिरहे उक्त मल पानीको चिसोपनाले सड्ने सम्भावना बढेको छ ।

युरिया मलको माग गर्दै किसानतहदेखि संसद्सम्म बहस भइरहँदा युरिया मल प्रयोगविहीन अवस्थामा अलपत्र परेको हो । आयात भएको यो मल कृषि सामग्री कम्पनीको आधिकारिक बोरामा प्याकेजिङ गरिएको छ ।

चर्को अभाव सिर्जना भएको अवस्थामा ढिलो गरी आइपुगेको मल प्रक्रिया मिलाएर सदुपयोग गर्ने हो वा जफत हुन दिने हो भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ ।

सरकारी कर्मचारीहरूले नियम मिचेर गए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनभित्र पर्नसक्ने भन्दै यो विषयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मामा छाडेका छन् ।

कृषि सामग्री कम्पनीले निर्धारित समयभित्र मल आयात नगरेकाले उक्त मल आयातकर्ताको ठेक्का रद्द गरिएको जनाएको छ ।

कम्पनीका कायम मुकायम सञ्चालक राजेन्द्र कार्कीले आपूर्ति गर्ने अवधिभन्दा ढिलो गरी आपूर्ति भएकाले ठेक्का रद्द गरिएको जानकारी दिए ।

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ