मधेस : कटुवा पेस्तोलसहित सिंह र साह पक्राउ


जनकपुरधाम । पर्सा प्रहरीले कटुवा पेस्ताल सहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्लाको ईशनाथ नगरपालिका ४ महुलियाका ३० वर्षीय रामबावु सिंह र भारत विहार ग्राम पर्साका ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोल सहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

उनीहरुबीच लेन देनको विषयमा वादबिबाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी दुवै जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नियन्त्रणमा लिएको दुवै जनको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ